अम्बे कोशी सहकारी संस्था समस्याग्रस्त घोषणा, ६१ करोड बढी रकम अपचलन

लोकपथ
112
Shares

मोरङ । इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । कोशी प्रदेश सरकारले मंगलबार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

विराटनगरदेखि झापाको दमकसम्म कार्यक्षेत्र विस्तार गरेको उक्त सहकारीलाई कोशी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको छ । यस सहकारीका अध्यक्ष फणीन्द्र मगर ठगी आरोपमा १ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् ।

अध्यक्ष मगरसहित सहकारीका सञ्चालकहरू माथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ । सहकारी समस्याग्रस्त घोषण पछि यस सहकारीको व्यवस्थापन सरकारले गठन गरेको समस्याग्रस्त सहकारी समितिले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?