काठमाडौँ, १७ कात्तिक – निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको मंसिर १० र २१ गते हुने निर्वाचन अन्र्तगत आज समानुपातिक उम्मेद्वारको बन्दसूचि सार्वजनिक गर्दै छ । आयोगले आज अपरान्ह ५ बजेसम्म समानुपातिक उम्मेदवारको सूचि सार्वजनिक गर्ने भएको हो राजनीतिक दलहरुले प्रदेशसभा र प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारको सूचि असोज २९ गते आयोगमा बुझाएका थिए । दलहरुले पहिलो सूचि कात्तिक १२ गते संशोधन गरेका थिए । राजनीतिक दलहरुले ल्याउने मतका आधारमा समानुपातिकतर्फ प्रदेशसभामा २ सय २० जना र प्रतिनिधिसभातर्फ १ सय १० जना सांसद् चुनिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया