काठमाडौं । युनाइटेड अरब इमिरेट्सको ‘फ्लाई दुबई’ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यहि पुस २९ गतेदेखि नियमित उडान थाल्ने भएको छ । एक महिनाका लागि स्थगित भएको फ्लाई दुबईको उडान पुनः जनवरी १५ अर्थात् पुस २९ गतेबाट हुने भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थाले पनि केही कम्पनीले उडान स्थगन गरेका छन् । फ्लाई दुबईले भने एक महिना उडान स्थगन गरी पुनः सुचारु गर्न लागेको विमानस्थलले जनाएको छ ।
फ्लाई दुबईले साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई उडान भर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया