माठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब निरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह, चिकित्सकतर्फको प्रहरी कर्मचारीलाई सोही समूह तर्फ एक तह माथि बढुवा गरिएको हो ।
जसअनुसार नेपाल प्रहरी अस्पताल स्त्री तथा प्रसुती महाशाखा महाराजगञ्जमा कार्यरत डा. सुस्मा केसी, नेपाल प्रहरी अस्पताल चर्मरोग शाखामा कार्यरत डा. पूजा खडका रहेकी छन् । त्यस्तै नेपाल प्रहरी अस्पतालको नाक, कान घाँटी शाखामा कार्यरत डा. दिपक भिन्दवार र नेपाल प्रहरी अस्पतालकै स्त्री तथा प्रसुती शाखामा कार्यरत डा. अनुज श्रेष्ठ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया