काठमाडौं । जिल्ला प्रहरी कार्यालय लमजुङले ठूलो परिणाममा हतियार बरामद गरेको छ ।
विभिन्न समयमा गरी अनाधिकृत रुपमा राखिएका ११४ थान हतियार बरामद गरी सर्वाजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार २२ बोर हर्नेट १ थान, १२ बोर दुई नाले १ थान, एक नाले वृज लोडिङ राइफल १ थान बरामद गरिएको हो । त्यस्तै १०७ थान एक नाले भरुवा बन्दुक, २ थान १२ बोर एक नाले बन्दुक र भरुवा बन्दुक एक नाले गरी ११४ थना बन्दुक बरामद गरिएको श्रीवास्तवले बताए । उनका अनुसार बरामद गरिएको २ थान एक नाले भरुवा बन्दुक भने मुद्दा चलेको हो ।
त्यसको साथै जिल्ला प्रशासन कार्यालयमा नविकरण नगरी अवैध रुपमा रहेका ६५० थान हतियार बरामद गर्ने तयारी रहेको समेत उनले बताए । अवैध रुपमा रहेका ७६४ थान हतियार बुझाउन सुरक्षा निकाय र प्रशासनले सूचना जारी गरेको थियो तर हटेर गरेपछि ११४ थान हतियार बरामद गरिएको र बाँकी बरामदको तयारीमा रहेको डीएसपी श्रीवास्तवले बताए । ७६४ मध्ये ५४५ थान हतियारको विवरण प्राप्त भएको र बाँकी २१९ थान हतियारको विवरण प्राप्त हुन सकेको छैन ।
सरकारबाट विभिन्न मापदण्ड पूरा गरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिने लाइसेन्स प्राप्त हतियारहरु जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । प्रत्येक एकएक वर्षमा नविकरण गर्नु पर्ने कानुनी व्यवस्था भए पनि नविकरण नगरी राखिएका हतियारहरु प्रहरीले जफत गर्न पाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया