काठमाडौं । डिएभी बिसीए कलेजको तेस्रो संस्करणको ‘बिसीए अन्तर–कलेज फुटसल कप’को तयारी पुरा भएको कलेज प्रशासनले जनाएको छ । यही पुस २९ गतेबाट सुरु हुने सुरु हुने बिसीए अन्तर–कलेज फुटसल कप ललितपुरस्थित डिएभी कलेज परिसरमा सञ्चालन हुनेछ ।
खेलकुदका माध्यमबाट बिसीए कलेजहरू बीच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित हरेक वर्ष बिसीए अन्तर–कलेज फुटसल कप सञ्चालन गरिएको डिएभी बिसीए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी दिए ।
खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बिसीए कलेज सम्बद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ ।
तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बिसीए कलेजहरूका ३२ टिम सहभागी हुनेछन् । प्रथम विजेता टिमलाई एक लाख पचास हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र सर्टिफिकेटद्वारा सम्मान गरिने डिएभीले जनाएको छ । त्यसै गरी, दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफिकेटद्वारा सम्मान गरिनेछ ।
व्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिने पनि डिएभीले जनाएको छ ।
माघ २ गते तय भएको अन्तिम चरणका खेलहरूसँगै विशेष अर्वाड समारोह आयोजना गरिने र तेस्रो बिसीए कपको विधिवत् रूपमा समापन हुने डिएभीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया