लामिछानेसहितको थुनछेक बहस अन्तिम चरणमा, भोलि नै आदेश आउने सम्भावना

लोकपथ
574
Shares

काठमाडौं । सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगिरहेका बेला पोखराका विभिन्न ठाउँमा अघोषितरूपमा ‘निषेधाज्ञा’ लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा व्यवस्था कडा गर्ने नाममा राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोकलगायतका क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ । प्रहरीले संवेदनशील क्षेत्र मानिएको प्रशासन, अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे भने निषेधाज्ञा लगाएको नभई सम्भावित सुरक्षा चुनौतीका कारण सुरक्षा व्यवस्था कडा पारिएको बताउँछन् । जिल्ला अदालत कास्कीमा सो सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीमाथिको थुनछेक बहस अन्तिम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईंको बहस सकिइसकेको छ भने कृष्ण गुरुङ, मीना गुरुङ, रामबहादुर खनाल र आरती गुरुङका कानुन व्यवसायीको थुनछेक बहसमात्र बाँकी छ ।

प्रतिवादीतर्फका कानुन व्यवसायीको थुनछेक बहस आज बुधबार सक्ने सम्भावना बढी रहेको छ । आज प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिए भोलि बिहीबार सरकारी वकिलको कार्यालयले जवाफी बहस गर्नेछन् । सम्भवतः भोलि बिहीबार नै अदालतले आदेश गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?