इन्डो नेपाल भलिबल : फाइनलमा आर्मी र पुलिस भिड्ने 

लोकपथ
217
Shares

काठमाडौं । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पराजित गर्दै फाइनलमा पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।    

आर्मीले  मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो  । आर्मी र मणिमुकुन्दबीचको दोस्रो सेमीफाइनल खेल हिजो मंगलबारलाई तोकिएको भएपनि चिसो र शितलहरका कारण हिजो खेल स्थगित भएको थियो ।   

यसअघि पहिलो सेमीफाइनल खेलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको थियो ।

गुजरात र मणिमुकुन्दबीच तेस्रो स्थानका लागि आजै खेल हुनेछ । फाइनलमा विजयी हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् भने दोस्रो हुने टिमले ३ लाख ५० हजार त्यस्तै,तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?