अटिजम सिकाई केन्द्रलाई महालक्ष्मी विकास बैंकको सहयोग

लोकपथ
56
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय दमकले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विद्यार्थीहरुको शैक्षिक क्रियाकलापहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।

बुधबार विद्यालयमा आयोजित एक कार्यत्रमका बीच विद्यालयको प्रधानध्यापकलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थीहरु यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?