अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन, अध्यक्षमा खनाल

लोकपथ
91
Shares

काठमाडौं । पेसागत पत्रकारहरूको साझा छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका अमेरिकामा गठन भएको छ ।

अमेरिकामा दर्ता भई रामप्रसाद खनालको अध्यक्षतामा सर्वसम्मत रूपमा पहिलो कार्य समिति गठन पनि गरिएको हो ।

पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्यले अमेरिकामा उक्त संस्था स्थापना गरिएको बताइएको छ ।

संस्थाको प्रधान कार्यालय भर्जिनिया, रहने छ भने संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तयारी महासङ्घले गरेको छ ।

कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एवं अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालबाणी राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक एवं राससका पूर्व अध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहाल, विभिन्न सञ्चार माध्यममा अग्रणी भूमिका निर्वाह गरिसकेका र राससका पूर्व अध्यक्ष डा. बाल कृष्ण चापागाईँ, यसैगरी गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, जनहित, विमर्शका पूर्व सम्पादक पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादक समेत रहेका वरिष्ठ पत्रकार विजय घिमिरे महासङ्घको सल्लाहकार रहेका छन् ।

त्यस्तैै नवगठित कार्यसमितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक रामप्रसाद खनाल चुएिका छन् ।

त्यस्तै महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी, एभीन्युज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला र जनता टेलिभिजनका समाचार प्रमुख टङ्क पन्त र अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहेका छन् । ण्

यसैगरी महासंघको महासचिवमा टङ्क दाहाल छानिएका छन् भने सचिवमा पत्रकार अनिल अधिकारी रहेका छन् । कोषाध्यक्षमा पत्रकार अर्जुन दाहाल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?