काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।
ठगी आरोप लागेका उनीविरुद्ध केही दिन अघि पक्राउ पुर्जी जारी भएको थियो ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीका सदस्य समेत रहेका पोखरेलले एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार ठगी गरेको आरोप छ ।
उनले एमबीबीएसमा छोरीको नाम निकाल्दिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार ठगी गरेका हुन् । बौवालालको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई आजै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसो त सहकारी ठगी प्रकरणमा मुछिएकी लेखा समिति सभापति ऋषीकेशकी पत्नी अञ्जला कोइराला भने धरौटीमा रिहा भएकी छन् ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी अञ्जला बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । एकैदिनमा सबै काम सकेर अञ्जलालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।
यो पनि…
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया