काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हालै सम्पन्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकप्रति टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले दुवै बैठकलाई तुलना गर्दै बाहिर हेर्दा समाजवादी तर भित्री रुपमा नोकरशाही पुँजीवादी प्रवृत्ति रहेको टिप्पणी गरे ।
त्यस्तै डा. भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति नरम देखिएका छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा रुपमा प्रस्तुत भएका छन् । उनले ओली बैठकमा केही स्पष्ट र खुला देखेका छन् भने प्रचण्डलाई सदा झैँ कुटिल र छद्म रहेको टिप्प्णी गरे ।
त्यस्तै जटिल भूराजनीतिक अवस्थामा रहेको नेपालका लागि लागि दुवै बैठक क्रान्तिकारी लफ्फाजी रहेको बताए ।
यो पनि…
संविधान संशोधनबाट एमाले ब्याक : ओलीको बोलीले सत्ता संकटको संकेत ! (भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया