काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूलय बिहीबार प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।यसदिन चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया