कानुन परिवर्तन गरेर भएपनि त्रिभुवन विश्वविद्यालय सुधारेरै छोड्छु : शिक्षामन्त्री भट्टराई

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानुनी व्यवस्था परिवर्तन गरेरै भएपनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा उनले यस्तो बताएकी हुन्  ।

उनले सबै विश्वविद्यालयहरू सुधार गर्न आवश्यक भएपनि सबैभन्दा पहिले त्रिभुवन विश्वविद्यालयको सुधार गर्नुपर्ने बताइन्  । उनले विश्वविद्यालयहरूमा देखिएका समस्याहरू समाधान गर्न सबैभन्दा ठूलो भूमिका पदाधिकारीहरूले खेल्नुपर्ने बताए ।

विश्वविद्यालयका पदाधिकारीहरू राजनीतिक विचारसँग आबद्ध भएकोले नेतृत्त्वदायी भूमिका खेल्न नसकेको उनको बुझाई छ । उनले राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसाबले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरूको बुझाई रहेको बताइन् ।

उनले विश्वविद्यालयको सुधारको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको बताइन् । उनले अनुदान आयोगलाई विश्वविद्यालयसँग सम्पर्क र समन्वय गर्नेसंस्थाको रूपमा विकास गरेको दाबी गरे । आफू मन्त्री भइसकेपछि विश्वविद्यालयको सुधारका लागि आयोगसँग पटक पटक छलफल राखेको बताइन्  । विश्वविद्यालयको सुधारका लागि सहयोग गर्न सरकार सधैँ तत्पर रहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?