काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। लगातार बढेको बजार बिहीबार १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बुधबार छ अर्ब ४० करोडको शेयर कारोबार भएकोमा बिहीबार सात अर्ब ३० करोडको शेयर कारोबार भएको छ।
यसदिन ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन ३०८ वटा कम्पनीको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच भएको छ। कारोबारमा आएका ५५ कम्पनीको शेयर मूल्य बढ्दा १८० वटाको घटेको छ। यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ।
बिहीबार कारोबारका हिसावले सुपर माई हाइड्रोपावर अग्रस्थानमा रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया