काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा समिति सदस्य र सभापतिबीच नोकझोक चलेको छ ।
बिहीबारको बैठकमा नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का सांसद समेत समिति सदस्य र सभापति राजकिशोर यादवबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको हो ।
आजको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको थियो । तर सुवालले धेरैबेर आफ्नो धारणा राख्न खोजे । विषय भन्दा बाहिरको विषय राख्न खोजेको भन्दै सभापति यादवले उनलाई रोक्न खोजे । त्यसपछि उनीहरुबीच चर्काचर्की र तल्लोस्तरसम्मै झरेर एकअर्कालाई गालीगलौज गरे ।
यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद समेत हुन् ।
यस्तो छ सुवाल र यादवबीचको सवालजवाफ :
यादव : औँला तल राख्नुस्, औँला तल राख्नस्, औला तल राख्नुस् (थप थप आक्रोशित हुँदै)
सुवाल : तपाईँ निरंकुश ढंगले बैठक नचलाउनुस्, तपाईँ निरंकुश नहुनुस्, राणा शासन होइन यो
यादव : यहाँ हामी दलीय हिसावको….
सुवाल : यहाँ असहमती छ भनेपछि तपाईँले किन भन्नुपर्छ ? तपाईँ राणा जस्तो नबन्नुस्, जसरी राणाशासन अन्त्य भयो, यो समितिबाट हुतिन्छ तपाईँ ।
तपाईँ बर्ता नहोस्, एक्लै हो तपाईँ पनि म पनि एक्लै हो, के फुर्ती गर्छस् तपाईँ
यादव : दलीय हिसावमा छलफल गरेर, प्रमुख चारवटा….
सुवाल : मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? तपाईँ निरंकुश बन्ने ?
यादव : बन्ने, बन्ने हो ।
सुवाल : तपाईँ कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईँ सत्ता पार्टीको पुच्छर भएर नहिँड्नुस् तपाईँ समितिको नेता बन्नुस् तपाईँ
यादव : यहाँ माओवादी सत्ता पक्ष हो ?
सुवाल : हिजो मन्त्री बनेका सबै सत्तापक्ष हो । तपाईँ निरंकुश भयो भने सिद्धिन्छ । दाँत सबै किराले खान्छ, जिब्रो खाँदैन । तपाईँ निरंकुश बन्यो भने सिद्धिन्छ । तपाईँले बोल्न दिनुपर्छ तपाईँ निरंकुश बन्न पाइँदैन । यहाँ अनुपस्थित मान्छेको समिति बनाउन पाइन्छ ? समितिबारे धारणा राख्न पाउनुपर्छ सदस्यहरुले… तपाईँहरु सबैले देश बेच्न खोज्दै हुनुहुन्छ ।
यादव : तपाईँको हैसियत के छ ? जानुस् तपाईँ
सुवाल : तपाईँ बर्ता नहुनुस्, तपाईँ हुँदै नभएको सांसदको संयोजकत्वमा नबनाउनुस् तपाईँ
दुवै पक्षलाई बीचमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले समन्वय गर्न खोजे । तर दुवैबीच चर्काचर्की भएपछि उनी चुप बसेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया