संस्कृत विश्वविद्यालयका कुल सचिवविरुद्ध नेविसंघको विरोध

लोकपथ
693
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले प्रश्नपत्र लिक गर्ने कर्मचारीको संरक्षण गर्ने गरेको आरोप लगाएको छ ।

कुलसचिवले प्रश्नपत्र लिक गर्ने कर्मचारीको संरक्षण गर्ने गरेको आरोप लगाउदै नेविसंघले दाङले कुलसचिव र डीनको विरुद्धमा आन्दोलन थालेका हुन् ।

विद्यार्थीहरुले कापी कोडिङ्ग डिकोडिङ गरिनुपर्ने माग राख्दै आएका भएपनि कुलसचिवको आदेशमा कापी जाच्ने मानिस तोक्ने, विषयविज्ञलाई कापी जाच्न नदिई आफू अनुकुलका शिक्षकलाई जाच्न पठाएको, र विध्यार्थी हेरेर अङ्क दिने काम भएको नेविसंघको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?