काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर भएका रास्वपा सभापतिसहितका प्रतिवादीहरुको आज थुनछेक आदेश आउँदैछ ।
जिल्ला अदालत कास्कीमा रविसहित सबै प्रतिवादीहरुको बयान सकिएसँगै आजै फैसलाको तयारी गरिएको हो ।
बिहान लामिछानेसहित प्रतिवादीहरुको बयान सकिएपछि फैसला लेखनको काम चलिरहेको छ ।
आदेश आउने भएसँगै जिल्ला अदालत कास्की परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहित ५१ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
आज फैसला आउने भएसँगै रास्वपाका शीर्ष नेताहरु पोखरा केन्द्रित भएका छन् । आदेशपछि हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै अदालत वरपर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया