‘झिँगाले सरापेर डिंगा मर्दैन’: प्रधानमन्त्री ओली

लोकपथ
105
Shares

कामठाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए । उनले आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको बताए । झिँगाले सरापेर डिंगा नमर्ने भन्दै अरूले सरापेर एमाले नसकिने टिप्पणी गरे । 

उनले भने, ‘एमालेलाई मार्छौँ, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे । एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर । भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने । के भनेनन् । केपी ओली, को केपी ओली, कोको, को केपी ओली ? यति बिर्सिने भइसके क्या । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसै गरी काम गरोस् । केही छैन । अब को केपी ओली भन्नेकुरा म बताउन्न । मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो । इमान्दारिताका साथ काम गर्छ । तर झिँगाले सरापेर डिंगा मर्ने भए । झिँगाले सराप्दा डिंगा मर्दैन भन्ने भनाइ छ ।’

प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ की छैन भन्नेकुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?