बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छ : महासचिव पोखरेल 

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरूले मात्रै देश बनाउनसक्ने बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देश साना राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरूप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरे । उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताए । देशको कुनै पनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उल्लेख गरे । 

उनले भने, ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनै पनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरू राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी । दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा नेकपा एमालेसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन । नेकपा एमाले जस्तो बलियो पार्टी अरू कसैको छैन । यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरू कुन पार्टीले दिनसक्छ ? त्यसअर्थमा मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ । त्यो राजनीतिक स्थायित्व कसैले दिनसक्छ भने त्यो नेकपा एमाले पार्टीले मात्रै दिनसक्छ । देश बनाउने हो भने सानातिना पार्टीमा अल्मलिने होइन, बलिया पार्टीतर्फ जनमतलाई धु्रविकृत गर्न जरुरी छ ।’

महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरूलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?