छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न कास्की अदालतको आदेश

लोकपथ
161
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आज जिल्ला न्यायाधीश नीतिज राईको इजलासले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समेत रहेका जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यस्तै आजै रास्वपा सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

३ महिना भन्दा लामो अनुसन्धानपछि छविलाई छाड्न अदालतले आदेश दिएको हो ।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा रवि र छविसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?