रवि धरौटीमा छुट्ने भएसँगै कास्की अदालत बाहिर रास्वपा समर्थकको खुसीयाली

लोकपथ
140
Shares

काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएसँगै समर्थकहरु अदालत बाहिर जम्मा भएर खुसीयालीमा नाराबाजी गरेका छन् ।

आज लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यससँगै लामिछानेका समर्थकहरुले नाराबाजीसहित खुसीयाली मनाइरहेका छन् । त्यसो त आज थुनछेक आदेश आउने भएसँगै रास्वपाका शीर्ष नेताहरु समेत पोखरा पुगेका थिए ।

उनीहरुले रवि दाई हाई हो भन्ने नारा लगाइ रहेका छन् ।

लामिछाने धरौटी बुझाएर हिरासतमुक्त हुनेछन् भने उनले बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?