चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।
आजदेखि सुरु भएको १५औँ चितवन महोत्सवको उद्घाटन गर्दै उनले कानुनमा रहेका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण बनाउन लागेको बताएका हुन् ।
उनले भने, ‘सरकार लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन तयार छ । ढुक्क भएर लगानी गर्दा हुन्छ ।’ विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उनले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुनसक्ने बताए । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उनको भनाई थियो ।
उनले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताए । उनले भने, ‘उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाटसमेत सम्बोधन गरेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया