काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारी तथा व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र उनका सहयोग हरिचन्द्र फुँयाल धरौटीमा रिहा भएका छन् ।
बिहीबार जिल्ला अदालत काठमाडौंले प्रसाईँ र फुँयाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवैलाई जनही तीन–तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनीहरु दुवै जना धरौटी रकम बुझाएर रिहा भएका छन् ।
त्यसो त यसअघि पनि प्रसाईँ पक्राउ गरी रिहा भएका व्यक्ति हुन् । प्रधानमन्त्रीमाथि विभिन्न आरोप लगाएपछि उनलाई यसअघि नै पक्राउ गरी धरौटीमा रिहा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया