मेडिकल चस्मामा लगाइएको भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह

लोकपथ
63
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चस्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चस्मामा लाग्ने कर हटाउनुपर्नेमा उनको जोड छ । उनले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गर्दै चस्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताए । उनले मेडिकल चस्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताए । 

उनले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रशंसा गर्दै जारी अधिवेशनको सफलताको लागि शुभकामना समेत व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?