बहराइनमा नेपालीहरुबीचको आत्मियताबारे चर्चा

लोकपथ
168
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरुको मुख्य गन्तव्य मध्ये एक मानिन्छ बहराइन ।

त्यहाँ रहेका नेपाली समुदायबीच एकता र असल व्यवहारबारे चर्चा गरिएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समिति बहराइनले सुरक्षित, मर्यादित र व्यवसायीक आप्रवासनका लागि थप मेहनत गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बझाङको बित्थडचिर गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिश्चन्द्र जोशी भ्रमणका लागि त्यहाँ पुगेका बेला जनसम्पर्क समितिले एक कार्यक्रम आयोजना गरि त्यसबारे छलफल गरेको थियो ।

मनामास्थित एक नेपाली रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रमका जोशीलाई स्वागत गर्दै त्यहाँ रहेका नेपालीहरुबीचको भ्रादृत्वबारे चर्चा गरिएको थियो । सो क्रममा आफ्नो धारणा राख्दै नेता जोशीले बहराइनमा विभिन्न क्षेत्र, संस्था र व्यक्तिसँगको अन्तरक्रिया र भेटघाटमा आफूले नेपाली आप्रवासनमा कार्य सीप, भाषिक ज्ञान र स्थानीय कानुनको सामान्य ज्ञान तथा परिपालनाको पहिलो पक्ष र इमान्दारीता, कर्तव्यनिष्ठता र अनुशासनको छवि कायम गरिराख्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा जनसम्पर्क समिती बहराइनका अध्यक्ष, सल्लाहकार, महामन्त्री, सहमहामन्त्री, सचिव लगायत जनसम्पर्क समितिसँग आबद्ध नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?