काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौंका लागि हिँडेका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने आज दिउँसो २ बजेको फ्लाइटबाट काठमाडौं आउने तयारीमा थिए । तर लामिछाने फ्लाइट क्यान्सिल गरेर काठमाडौंका लागि हिँडेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार साँझ हिरासतमुक्त भएका हुन् ।
कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
काठमाडौं, चितवन, पर्सा र रुपन्देहीमा समेत लामिछानेको सहकारी ठगीको मुद्दा रहेको छ । तर अन्य ठाउँको सवालमा भने लामिछाने हिरासत बाहिरै बसेर मुद्दा लड्नेछन् ।
लामिछाने आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने तयारी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया