जेसीबीको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
133
Shares

काठमाडौं । जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  

नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा.२ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंच कुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?