काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको तीन लाख २५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस २६ गते देखि ७ दिनभित्र काठमाडौंको सुन्धारा जेडीए कम्प्लेक्सस्थित माछापुच्छ्रे क्यापिटलमा के कति शेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया