‘विद्यमान नीतिलाई सहजीकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छ’

लोकपथ
28
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजीकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताएका छन् ।  शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरू बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताए । उनले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गरे । 

निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरू बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरूसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताए । उनले अहिले व्यवसायीहरूले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताए । उनले सरकारको नीतिको कारण अप्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरूलाई सहजीकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताए ।

उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातावरण नभएको उनको भनाइ छ  । उनले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?