काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुसीका साथ बस्नसक्ने गरेर कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताएका छन् ।
उनले आफ्नो कमाइबाट खुसी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गरे । उनले खुशीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्याउने बताए । महामन्त्री थापाले नेपालमा पाएको रोजगारीले खुशीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवाहरू नेपालमा बस्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया