काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी गरेको बताएका छन् । शुक्रबार फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३औँ वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले सरकारले नेपाली उत्पादन प्रोत्साहनको लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने बताए । उनले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको पनि बताए । उनले त्यसको लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताए ।
उनले सरकारले अबको एक हप्ताभित्र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई राखेर विशेष अभियान घोषणा गर्ने बताए । उनले जुत्ता चप्पलको निर्यात गर्ने वातावरण सरकारले बनाउने बताए । उनले विभिन्न मुलुकसँग छिमेकी मुलुकहरूसँग पछिल्लो पटक एनएस प्राप्त गरेका वस्तुहरू निर्यात भइरहेको बताए ।
उनले ट्रेड प्रमोसनका लागि नेपाली वस्तु अब विश्व बजारमा पुर्याउन आवश्यक रहेको बताए । उनले सरकारले नेपाल वस्तु उत्पादन उद्योगहरूमा प्रक्रियागत रूपमा रहेका जटिलताहरू समाधान गर्ने पक्षमा रहेको बताए । उनले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियामा अबको संसद्को अधिवेशन एउटा कानुनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताए ।
उनले सरकारले चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले चोरी पैठारीबाट भइरहेका राजश्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया