मुम्बई । भाजपा सांसद तथा अभिनेत्री कंगना रनौत फेरि एकपटक विवादमा परेकी छिन् । २०२४ अगस्ट २६ मा केन्द्र सरकारको तीन कृषि कानुनको विरुद्ध किसान आन्दोलनको क्रममा कंगनाले किसानहरूमाथि केही आरोप लगाएकी थिइन्।
उनको अभिव्यक्तिले किसानको अपमान भएको भन्दै आगराका वकिल रामाशंकर शर्माले एमपी-एमएलए अदालतमा निवेदन दिएका थिए । अदालतले कंगनालाई नोटिस जारी गर्दै क्रमशः १७ सेप्टेम्बर, ३० अक्टोबर र १३ डिसेम्बर २०२४ मा बयान दिन आदेश दिएको थियो। तर, कंगना वा उनका वकिलले अहिलेसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् ।
जनवरी ९, २०२५ मा सुनुवाइ गर्दा, अदालतले नयाँ आगरा पुलिस स्टेसनलाई साक्षीहरूको बयान रेकर्ड गर्न र २० दिन भित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो। प्रहरीले प्रतिवेदन जनवरी २९ गते अदालतमा पेस गर्नेछ । यो अवधिभित्र कंगनाको जवाफ नदिए अदालतले फेब्रुअरी ८ मा फैसला दिनेछ । उनको विरुद्ध जमानती र गैर–जमानती वारेन्ट पनि जारी हुन सक्ने बताइएको छ। कंगना विवादमा परेको यो पहिलो पटक भने होइन । कंगना कुनै न कुनै कारणले सधैँ चर्चामा रहन्छिन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया