काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् ।
आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारण सभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे । ‘सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानुन संशोधन गरेको छ,‘ उनले भने ।
मन्त्री लेखकले गैर आवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए। ‘सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणको लागि कानुन संशोधन गरिएको छ, ‘उनले भने । उक्त अध्यादेशले आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रूपमा नेपाल ल्याउनका लागि सहज हुने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया