नेपाल लाइफ इन्स्योरेन्सन्को लाभांश घोषणा, बोनस शेयर कति ?

लोकपथ
133
Shares
all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?