एशियन लाइफ इन्स्योरेन्सको सीईओमा दिनेशलाल श्रेष्ठ पुनः नियुक्त

लोकपथ
0
Shares

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश लाल श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समिति बैठकले श्रेष्ठलाई दोहोर्याउने निर्णय गरेसँगै श्रेष्ठ पुनः नियुक्त भएका हुन् ।

उनको कार्यकार चार वर्षको हुनेछ । उनको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ । २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका उनले अब थप ४ वर्ष एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?