हेटौंडाबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

लोकपथ
28
Shares

मकवानपुर ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेस, अफिम र गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमार रहेका छन् ।

अवैध लागुऔषधस चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागुऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

हेटौंडा हुँदै भारततर्फ लागुऔषधस ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौंडामा जिम्मा लगाएको थियो । उनीहरूलाई आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको हो ।

यसैगरी, लागुऔषधस गाँजा १०१ किलोसहित अर्का एकजना पक्राउ परेका छन् । आज आइतबार बिहान साढे ५ बजे रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट सो मात्रामा गाँजासहित वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरेको हो ।

चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर ल्याएको गाँजा बरामद गरेको प्रहरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?