काठमाडौं । सीजी डिजिटलले एकैपटक पाँच नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सीजीले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।
यी सोरुमहरूमा ग्राहकहरूले रेफ्रिजेरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् ।
सञ्चालनमा आएका नयाँ सोरुममा एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, मिडेया,केन्ट, एलिका, सेन्साइ, ब्ल्याकडेकर, क्रमटन, नथिङ र एप्पलका आईफोनलगायतका उत्पादनहरू उपलब्ध हुने कम्पनीले जनाएको ।
नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाइभ डेमेको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । जसमा सहभागी भई नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया