शेयर बजारमा गिरावट, नेप्से २५.४१ विन्दुले घटेर २६०९.६७ अंकमा

लोकपथ
0
Shares

काठमाडौं । ६ दिन लगातार बढेको शेयर बजार आइतबार भने घटेको छ । यस दिन नेप्से सूचक २५.४१ विन्दुले घटेर २६०९.६७ अंकमा आएको छ ।

बजार घट्दा कारोबार रकमा पनि घटेको छ । आज ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन सबै समूहका सूचक घटेका छन् । २ वटा कम्पनीमा भने सकारात्मक सर्किट लागेका छन् । यस दिन ३ सय १० कम्पनीको ८० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीले २० करोड ४१ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको छ । यसैगरी, बढी कारोबार गर्ने दोस्रो र तेस्रोमा सिन्धु विकास बैंक र सिंगटी हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?