संसद् किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छ : अग्निप्रसाद सापकोटा

लोकपथ
21
Shares

काठमाडौं । पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद् अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरेका हुन् । 

उनले आफू सभामुख हुँदा र अरू बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भए पनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरे । उनले संसद् अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताए । उनले संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे । उनले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने बताए । 

उपाध्यक्ष सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको बताए । उनले अहिले नेपाल जटिल र पेचिलो अवस्थामा रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?