काठमाडौं । डीएल अपलोड चार लाख नगद पुरस्कारसहित यस वर्षको ‘एनवाईईएफ स्टार्टअप अवार्ड’ जितेको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवार्डमा डीएल अपलोडले उत्कृष्ट अवार्ड हात पारेको हो ।
काठमाडौंको ह्यात रेजेन्सी होटलमा आयोजित कार्यक्रममा उपविजेताको रुपमा मेल्ट डाउनले दुई लाख नगद पुरस्कार प्राप्त गर्न सफल भयो । त्यस्तै, खेतीपाती अर्गानिक्सले एक लाख नगदसहित अडियन्स पिक अवार्ड जित्न सफल भयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको औँल्याए ।
यस्तै, नेपाल ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया