काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक बस्दै बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा र परराष्ट्र मन्त्रालयको आ.व.२०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया