भूमि आयोग गठन, राजनीतिक भाबगण्डाका आधारमा ५६ जिल्ला अध्यक्ष नियुक्त (सूचीसहित)

लोकपथ
616
Shares

काठमाडौं । सरकारले पुनः भूमि आयोग ब्यूत्याउँदै राजनीतिक भागबण्डाको आधारमा अध्यक्ष नियुक्त गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ५६ जिल्लामा भूमी आयोग गठन गरी अध्यक्ष नियुक्त गरेको हो ।

जसमा भक्तपुरमा दिपक विसुंङ्के, ललितपुरमा गणेशकुमार आचार्य, काठमाडौंमा कृष्ण जी खड्का रहेका छन् । त्यस्तै रुपन्देहीमा लालबहादुर गुरुङ, कपिलवस्तुमा छविलाल पोख्रेल, पाल्पामा रामबहादुर कार्की क्षेत्री, अर्घाखाँचीमा यादवप्रसाद घिमिरे, गुल्मीमा कृष्ण सुनार तथा रुकुमपूर्वमा हरिहर पौडेल रहेका छन् ।

त्यस्तै कोशी प्रदेश अन्तर्गतका तेह्रथुम, धनकुटा, खोटाङ र सुनसरीमा अध्यक्ष नियुक्त हुन बाँकी रहेको छ । त्यस्तै मधेश प्रदेश अन्तर्गत सप्तरी, रौतहटमा अध्यक्ष नियुक्त हुन नसक्दा बाँकी अन्य जिल्लामा भने अध्यक्ष नियुक्त गरिएको छ ।
यता बागमती प्रदेशको दोलखा, काभ्रे, धादिङ, चितवन, मकवानपुरमा अध्यक्ष नियुक्त हुन बाँकी रहेको छ ।

बाँकी रहेका २१ जिल्लामा पनि छिट्टै विवाद टुंग्याएर अध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । भूमी आयोग नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लगायतलाई भागबण्डा लगाइएको हो । नवनियुक्त अध्यक्षहरुको आजै शपथग्रहणको तयारी गरिएको छ ।

सूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?