काठमाडौं । पुस महिनाको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से घटेर २५सयको लाइनमा आइपुगेको छ । सोमबार नेप्से सूचक १५.५४ अंकले घटेर २५९४.१३ अंकमा आएको हो ।
नेप्से घटे पनि कारोबार रकम भने आज केही बढेको छ । लगातार तीन दिनदेखि घटेको बजारमा आज ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार सबै समूहका सूचक घटेका छन् । आज बराही हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
यस दिन ३२२ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीले गरेको छ । यो कम्पनीले २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यस्तै, न्यादी हाइड्रोपावर र हिमालयन पावर पाटर्नर कारोबारका हिसाबले दोस्रो र तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया