आज पनि सकिएन थुनछेक बहस, रवि हिरासतमै रहने

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएन ।

लामिछानेको थुनछेक बहस आज नसकिएपछि उनी आज पनि हिरासतमै रहनेछन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव अधिकारीको इजलासमा थुनछेक बहस भएको थियो । तर आज थुनछेक बहस नसकिएपछि पुनः बुधबारसम्मका लागि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

यसअघि आइतबार लामिछाने आफैँ बयानका लागि उपस्थित भएका थिए । बयान सकिए पनि आइतबार सरकार पक्षका कानुन व्यवसायीहरुले आदेश नपढी बहस नगर्ने बताएका थिए । त्यससँगै आजका लागि बोलाइएको हो ।

लामिछाने हिरासत बाहिर रहँदा मुद्दा प्रभावित हुनसक्ने भन्दै न्यायाधीश अधिकारीले प्रहरीको जिम्मा लगाउन आदेश दिएका थिए ।

गत बिहीबार पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । अदालतको आदेशसँगै बैंक ग्यारेन्टी बुझाएर लामिछाने आफैँ काठमाडौं आएका थिए । आइतबार अदालत उपस्थित भएका लामिछानेलाई हिरासतमा पठाउन आदेश दिइएको थियो ।
मंगलबार बिदा भएकाले लामिछाने बुधबारसम्म हिरासतमै बस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?