काठमाडौं । सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विभिन्न ५ वटा अध्यादेश सिफारिस गरेको जानकारी दिए ।
उनका अनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धी तथा निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यी हुन् र।ष्ट्रपति समक्ष सिफारिस गरिएका ५ अध्यादेशहरु :
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको आध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी सर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
सरकारले सदन नभएका बेला अध्यादेश मार्फत कानुन बनाउन सक्ने संवैधानिक व्यवस्था रहे पनि सरकारले संसद् नबोलाइ अध्यादेशमार्फत् मुलुक चलाउन खोजेको आरोप आइरहेको छ ।
यो पनि…
मन्त्रिपरिषद्को निर्णय : कर्मचारीको सरुवा बढुवादेखि अनुदान सहायता स्वीकारसम्म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया