लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन

लोकपथ
28
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ। सभामा आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ। 

सभामा आर्थिक वर्ष २०८१र८२ का लागि लेखा परीक्षकको नियुक्ति र ४ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस शेयर सहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ।

सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईले गरेका थिए। सभामा उपस्थित शेयर धनीहरूले राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले प्रस्टीकरण दिएका छन्।

लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ। हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ सेवा प्रदान गरिरहेको छ।

‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधि र नवीनतम सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वास आर्जन गर्न सफल भएको छ। सभाले बैंकको स्थायित्व र विकासमा शेयरधनी तथा सरोकारवालाहरूको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। 

लुम्बिनी विकास बैंकले आगामी दिनहरूमा थप सुदृढ सेवा र आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?