काठमाडौं। शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ। काठमाडौं एक पत्रकार सम्मेलन गर्दै रेड्मी नोट १४ सिरिजका नयाँ फिचर प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्याउने तयारी भएको जनाएको छ।
रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रों५जी गरी ४ मोडेलहरू रहेका छन्।
रेड्मी नोट १४ प्रों५जी
रेड्मी नोट १४ प्रों५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ। यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ। जसले दैनिक जीवनका चुनौती सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ। त्यो भेन्डर पर्पल, फ्रस्ट ब्लु र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ। यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँद छ।
रेड्मी नोट १४ प्रों ५जीमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ। ८ जीबी २५६ जीबी र १२ जीबी ५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिडलाई झनै सहज बनाउँछ।
रेड्मी नोट १४ ५जी ले दैनिक प्रयोगमा बनाउन सक्ने चुनौतीहरूलाई सजिलै सामना गर्न सक्ने कम्पनीले बताएको छ। कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको यो मोडल मिडनाइट ब्याक, त्यामेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेको छ। मिडियाटेक डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ। ८ जीबी २५६ जीबी र १२ जीबी ५ १२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११० एमएएचको ब्याट्री र ४५ वाटको टर्बो चार्जिङको सुविधा रहेको छ।
ओजाईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामराले उत्कृष्ट डिटेलसहितको तस्बिर खिच्दछ। ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याको क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफी अनुभवलाई अक रोमाञ्चक बनाउँद छ।
मिडनाइट ब्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रङमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एगोंनोमिक डिजाइन रहेको छ। ८/१६ मिलिमिटर मोटाइ र १९६.५ ग्राम तौलले यो मोडल हातमा बलाउन निकै सहज हुन्छ।
६ एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९– अन्दा चिपसेटले रेडमी नोट १४ मल्टिटास्किड र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दावी छ। यो मोडल ६जीवी १२८ जीवी र ८ जीबी २५६ जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ। १०८ मेगापिक्सेलको मुख्य ज्यामराको साथमा २ मेगापिक्सेलको डेप्य र २ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको यो स्मार्टफोनले डिटेलयुक्त र आकर्षक तस्बिर खिच्दछ। त्यसैगरी २० मेगापिक्सेलको फन्ट स्यामराले उत्कृष्ट सेल्फीहरू खिच्दछ।
५५०० एनएएचको ब्याट्री र ३३ वाटको टो चार्जिङ सुविधासहितको रेड्मी नोट १४ लामो समयसम्म चलाउन सकिन्छ भने यो चार्ज पनि विड्टो हुन्छ। रेडमी नोट १४ मिडनाइट प्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा २४,९९९ रुपैयाँ ९६र१२८ जीबी), २७,९९९ रुपैयाँ ९८/२५६ जीबी) मा उपलव्ध छ ।
रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा ३०,९९९ ९८ र २५६ जीबी र ३५,९९९ ९१२ र ५१२ जीबी मा उपलब्ध छ। रेड्मी नोट १४ प्रो ५जी मिडनाइट ब्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा ३९,९९९ रुपैयाँ ९८र२५६ जीवी, र ४४,९९९ रुपैयाँ ९१२र५१२ जीवी मा उपलब्ध छ। रेड्मी नोट १४ प्रों ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याकमा ४९,९९९ ९८ र २५६ जीवी र ५४,९९९ १२र५१२ जीबी० मा उपलब्ध छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया