काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ स्कीम अन्तर्गत ग्राहकहरुलाई केएनपीको रङ्गमा दङ्ग बनाउने अवसर ल्याएको थियो ।
यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो ।
केएनपीको पर्वसँगै रङ्गमा दङ्ग, ५ लाख बराबरको सुनसँग योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरुले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टिभी, र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसर थियो ।
यस योजनाको विजेताहरु लक्की ड्र मार्फत २०८१ साल पौष २८ गते कान्तिपुर टिभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रुपमा चुनिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गायिका डा।त्रिशला गुरुङ र केएनपी जापान प्राइभेट लिमिटेडका मार्केटिङ म्यानेजर केदार थापा उपस्थित भएका थिए ।
कार्यक्रममा लक्की ड्र को विजेताहरु एउटा शिसाको भाडाबाट हजारौँ नामहरु मध्यको नाम ड्र गरी घोषणा गरिएको थियो। बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले, र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ताले जितेका छन् ।
साथै थप १०० भाग्यशाली ग्राहकले केएनपीको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन् । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो ग्राहकहरूसँग उत्सवको रमाइलो र पुरस्कारको आनन्द शेयर गर्न पाउँदा खुशी व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया