राष्ट्रपति पौडेलद्वारा ४ वटा अध्यादेश जारी, किन रोके भूमिसम्बन्धी अध्यादेश ?

लोकपथ
259
Shares

काठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर राष्ट्रपति पौडेलले ४ वटा मात्रै विधेयक पारित गरे भने भूमीसम्बन्धी अध्यादेश भने फिर्ता गरेका छन् ।

सरकारले पेस गरेको अध्यादेशमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश अध्ययनकै क्रममा रहेको भन्दै फिर्ता गरेको हो ।

उक्त अध्यादेशमा सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जासहित उपलब्ध गराउने व्यवस्था उक्त अध्यादेशमा उल्लेख रहेका कारण अध्यादेश जारी नगरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?